अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउन ‘क्रिप्टो रिजर्भ’ बनाउँदैछन् ट्रम्प
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउन लागेका छन् । यसका लागि नयाँ रणनीतिक रिजर्भ बनाउने योजना बनाएका छन् ।
यसमा उनले बिट्क्वाइन, इथेरियम, एक्सआरपी, सोलाना र कार्दानो गरी पाँच वटा क्रिप्टोकरेन्सीलाई समावेश गर्ने भएका छन् । ट्रम्पका पूर्ववर्ति जो बाइडेनले भने धोकाधडी र सम्पत्ति शुद्धिकरणमा प्रयोग हुनसक्ने भन्दै क्रिप्टोमाथि कडाई गरेका थिए । तर आफ्नो चुनावी अभियानको समयमा नै ट्रम्पले आक्रमक रुपमा क्रिप्टो समुदायको समर्थन गरेका थिए ।
नोभेम्बरको सुरुमा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले जितेदेखि नै क्रिप्टोकरेन्सीको भाउ उकालो लागिरहेको थियो । उनको पछिल्लो निर्णयले यसको भाउ थप उकास्ने छ । ट्रम्पको नयाँ क्रिप्टो भन्डारणले कसरी काम गर्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।
शुक्रबार यसबारे थप जानकारी आउने आशा गरिएको छ । ह्वाइट हाउसमा शुक्रबार ट्रम्पले पहिलो क्रिप्टो समिटको आयोजना गर्दैछन् । राष्ट्रपतिको कार्य समूहलाई एक्सआरपी, सोलाना र कार्डानो लगायत समावेश गरेर क्रिप्टो राणनीति भन्डार बनाउनेतर्फ निर्देशन दिन आफूले एउटा आदेशमा हस्ताक्षर गरेको आइतबार सामाजिक सञ्जालमा एएटा पोष्टमा ट्रम्पले भनेका थिए ।
पोष्टमा ट्रम्पले नाम उल्लेख गरेका तीन क्वाइनको भाउ आइतबार ६२ प्रतिशतसम्म बढेको थियो । बिट्क्वाइन र इथेरियमको भाउमा १०/१० प्रतिशतभन्दा धेरैले बढे । ट्रम्पले निर्वाचन जितेको केही हप्तामा नयाँ नयाँ उचाई छोएपछि क्रिप्टोकरेन्सीको भाउमा तीव्र कमी आएको थियो ।
ट्रम्पको पछिल्लो पोष्टले क्रिप्टो करेन्सीको मूल्यमा उछाल ल्यायो । जनवरीमा कार्यभार सम्हालेलगत्तै ट्रम्पले नयाँ क्रिप्टो कानून र नियमनको प्रस्ताव गर्ने जिम्मेवारी दिएर राष्ट्रपतीय कार्य समूह गठन गरेका थिए ।
समूहलाई राष्ट्रिय क्रिप्टो रिजर्भ बनाउने र सोको मर्मतसम्भारको मूल्यांकन गर्न भनिएको थियो ताकी संघीय सरकारले कानून कार्यान्वयन गराउने क्रममा कानुन संगत रुपमा जफ्त गरेको क्रिप्टो करेन्सीको प्रयोग गर्न सकियोस् । यो भन्डारण बनाउन कंगेसले कानून पास गर्नु पर्छ कि पर्दैन भन्ने अस्पष्ट छ ।
ट्रम्प पहिलो क्रिप्टो समूदायको कटु आलोचक थिए । २०२१ मा उनले बिट्क्वाइनलाई ‘घोटाला’ भनेका थिए । तर हालैका हप्तामा ट्रम्प र उनको श्रीमति मेलनिया ट्रम्पले आफ्नै क्रिप्टोकरेन्सी पनि जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण