मल्टी स्टार फिल्ममा अल्लु अर्जुनले सलमानलाई गरेका हुन् रिप्लेस ?
काठमाडौँ । बलिउडका भाइजान उर्फ सलमान खानलाई ठुलो झट्का लागेको छ । निर्देशक एटलीले आफ्नो आगामी फिल्ममा अब उनको ठाउँमा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई कास्ट गर्न लागेका छन् । यो फिल्ममा एक होइन तीन अभिनेत्रीहरू देखिनेछन् । सलमान खानको हातबाट किन खोसियो यो फिल्म ?
६०० करोड हुनेछ फिल्मको बजेट
पिपिङ मुनको हालैको रिपोर्ट अनुसार बलिउडका दिग्गज अभिनेता सलमान खान निर्देशक एटली कुमारको आगामी फिल्ममा देखिने छैनन् । यो फिल्ममा अब अभिनेता सलमानको सट्टा पुष्पा फेम अल्लु अर्जुनलाई कास्ट गरिनेछ । यो एक्सन फिल्म पुनर्जन्मको विषयवस्तुमा आधारित हुने र यसको बजेट ६०० करोड भारु हुने रिपोर्टमा बताइएको छ । पहिला एटलीले यो फिल्ममा सलमानलाई खेलाउन चाहेका थिए । तर अब उनले आफ्नो मन परिवर्तन गरेका छन् ।
रिपोर्टका अनुसार सलमानका पछिल्ला फिल्महरूको प्रदर्शनका कारण एटलीले उनलाई यति ठुलो फिल्ममा नराख्ने निर्णय गरेका हुन् । फिल्म मल्टी–स्टारर हुनेछ । यसलाई सन पिक्चर्सले पनि पैसा लगाउने योजना बनाइरहेको बताइएको छ । पहिले निर्देशकले यो फिल्म सलमान खान र रजनीकान्तलाई लिएर बनाउन चाहेका थिए । अब आफ्नो योजना परिवर्तन गर्दै, एटलीले अल्लु अर्जुनलाई कास्ट गरेका छन् । उनले अर्को अभिनेता खोजिरहेको बताइएको छ ।
निर्देशक एटली कुमारको आगामी एक्सन फिल्ममा तीन अभिनेत्रीहरू देखिनेछन् । यसमा मुख्य भूमिकामा जान्हवी कपूरको नाम अगाडि छ । फिल्मको छायांकन वर्षको अन्त्यसम्ममा सुरु हुने अपेक्षा गरिएको छ । हाल यस फिल्मको पोस्ट प्रडक्सनको काम चलिरहेको छ । यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण