सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
सोमबार, १९ फागुन २०८१, १६ : १७

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका–२ स्थित विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय सई बोहरा गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन