प्रधानमन्त्री कप छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी
काठमाडौँ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी प्रधानमन्त्री कप छनोट क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुनसरी र इलामले जित हासिल गरेका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई चार विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ मध्ये २४.३ ओभरमै अलआउट हुनुअघि ६३ रन बनाएको थियो । झापाका लागि आशिष राना मगरले सर्वाधिक १३ रन बनाए । सुनसरीका प्लेयर अफ दि म्याच घोषित प्रकाश कार्कीले तीन र भुपाल लुइटेलले दुई विकेट लिए ।
सुनसरीले २५.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान गरे । अर्को खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित ग¥यो । रेको छ । टस जितेर ब्याटिङ गरेको इलामले ३६.४ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रन बनायो ।
इलामका लागि शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान गरे । उदयपुरका सोनु अन्सारीले तीन विकेट लिए । जवाफमा उदयपुरले ३९.५ ओभरमा अलआउट हुनुअघि एक सय ५३ रनमा सिमित भयो । उदयपुरका प्रभात किरणले ३३ रन बनाए । सोनु अन्सारीले पनि २८ रन बटुले । इलामका प्लेयर अफ दि म्याच घोषित विशाल आचार्यले तीन विकेट लिए ।
हेमन राई, सन्दिप ढुंगाना र वि कामतले पनि दुई–दुई विकेट हात पारे । लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरि पाँचवटा टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण