दुई प्यानलको उम्मेदवारी दर्ता, भोलि बिहान ९ बजेदेखि मतदान हुने
विराटनगर । नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दुई पक्षको प्यानलले नै उम्मेदवारी दर्ता गराएका छन् ।
जसमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।
यस्तै नेता विनोद ढकाल पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले मनोनयन दर्ता गरेका छन् ।
१६५ सदस्यीय कार्यसमितिमा अरू जिल्ला सदस्यीयहरूको मनोनयन जारी छ । मनोनयनका लागि साँझ साढे ५ बजेसम्मको समय दिइएको छ ।
निर्वाचनका लागि ९११ जना मतदाता छन् । जसमा भूगोलतर्फ ७४५, जनसङ्गठनतर्फ १२० र मनोनीत ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।
एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । निर्वाचन आयोगका प्रमुख सुरेशलाल श्रेष्ठले मङ्गलवार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण