अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै

काठमाडौँ । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ ।
नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले यादव भट्टको टोलीले साहको उपचार गरिरहेको रातोपाटीलाई बताए । उनले भने, 'डाक्टर यादव भट्टको टिमले उपचार गरिएको छ । उहाँको आईसीयूमै भए पनि स्वास्थ्य स्थिति सुधार भइरहेको छ।' उनले पारसले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।
आजै पूर्वराजाका आफन्तहरू अस्पताल पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।
यसैबिच अस्पतालले पारसको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेकाले विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ । पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।
अस्पतालले पारसको एक-दुई दिनमा डिस्चार्ज हुनसक्ने समेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण