अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
काठमाडौँ । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ ।
नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले यादव भट्टको टोलीले साहको उपचार गरिरहेको रातोपाटीलाई बताए । उनले भने, 'डाक्टर यादव भट्टको टिमले उपचार गरिएको छ । उहाँको आईसीयूमै भए पनि स्वास्थ्य स्थिति सुधार भइरहेको छ।' उनले पारसले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।
आजै पूर्वराजाका आफन्तहरू अस्पताल पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।
यसैबिच अस्पतालले पारसको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेकाले विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ । पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।
अस्पतालले पारसको एक-दुई दिनमा डिस्चार्ज हुनसक्ने समेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण