‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
काठमाडौँ । सुशील श्रेष्ठ ‘होस्टेल रिटन्र्स’बाट अभिनयमा डेब्यु गरेका अभिनेता हुन् । त्यसपछि उनले ‘सायद २’, ‘कारखाना’ र ‘लभ डायरिज’ लगातार काम गरे । सुसंगठिन शरीर, राम्रो उचाहि र आकर्षक लुक्सका उनले जति फिल्ममा काम गरे, सबैमा राम्रो चर्चा पाए ।
तर पनि उनको अभिनय करियर जुन रफ्तारकासाथ अगाडि बढ्नुपर्ने हो, त्यो हुन सकेन । उनको करियर कही कतै अलमलिएको जस्तो देखिन्छ ।
अलमलिएको करियर अगाडि बढाउन उनले नयाँ फिल्म ‘आउटलः दफा २१९’ अभिनय गरेका छन् । फिल्म २९ फागुनबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई लिएर उनी निकै उत्साहित छन् ।
फिल्मको प्रचारका लागि सार्वजनिक पोस्टर, ट्रेलरले दर्शकको ध्यान खिच्न सफल छ । एक्सनले भरिएको ट्रेलरमा उनको एक्सन समेत आकर्षक छ । यही फिल्म अभिनयमा लागि २ वर्ष मिहिनेत गरेका उनी ४ वर्षपछि पर्दामा फर्किँदै छन् ।
करिब ४ वर्षपछि पर्दामा फर्किदै गर्दा आफू एकदमै उत्साही रहेको उनले बताए । ‘फिल्ममा म पहिले भन्दा एकदमै भिन्न र एक्सन अवतारका साथ आउदैछु’, उनले थपे ‘मेरो अभिनय र एक्सन दर्शकको रुचिमा पर्छ भन्ने विश्वास छ ।’ फिल्मको अलमललिएको करियर यो फिल्मले अगाडि बढाउने उनको विश्वास रहेको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुशिलको अलवा नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
अमित अग्रहरि निर्माता रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माताको रुपमा छन् । फिल्ममा नवीन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण