नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
काठमाडौँ । फुटबलको फ्रेच्नाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पनि अफ्रिकन स्ट्राइकर आफिज ओलावालेले धनगढी फुटबल क्लबबाटै खेल्ने भएका छन् ।
यसअघिको दुई संस्करणमा पनि ओलावालेले धनगढी फुटबल क्लबबाटै खेलेका थिए । धनगढीलाई अघिल्ला दुवै संस्करणको फाइनलसम्म पुर्याउन पनि उनको भूमिका महत्वपूर्ण रहेको थियो ।
ओलावालेले भारत र बंगलादेशको शीर्ष लिगमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । उनले नेपालका ‘ए’ डिभिजन क्लबहरुबाट पनि व्यवसायिक फुटबल खेलिकेका छन् ।
धनगढी फुटबल क्लबले ३० वर्षीय नाइजेरियन स्ट्राइकरको आगमनबाट आफूहरु उत्साही भएको बताएको छ । धनगढी एफसीले विदेशी खेलाडीका रुपमा यसअघि लेबननका स्ट्राइकर अहमद हिजाजीलाई पनि आबद्ध गरिसकेको छ ।
यसैगरी, धनगढी एफसीले आफ्नो प्रमुख प्रशिक्षकका रुपमा पनि विदेशीलाई नै नियुक्त गरेको छ । स्पेनका हुवाँ म्यानुएल मार्टिनेज साइज धनगढी फुटबल क्लबका प्रमुख प्रशिक्षक हुन् ।
धनगढी फुटबल क्लबले नेपाल सुपर लिगको आगामी संस्करणका लागि राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो सद्भावनादूत नियुक्त गरेको छ ।
कृतिशरत्न छुन्जु धनगढी एफसीका मार्की खेलाडी हुन् । टोलीमा खेलाडीको भूमिकामा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवास रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण