प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसलको उपाधि हिमालय कलेजले जित्यो
मङ्गलबार, २० फागुन २०८१, ११ : ०३
काठमाडौँ । ललितपुरको धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा संचालित प्रथम डिएभी फ्रेन्डली फुटसल प्रतियोगिताको उपाधि हिमालय कलेजले जितेको छ ।
टुर्नामेन्टमा काठमाडौँ उपत्यकाका ४ बिएससी सिएसआइटी कलेजका विद्यार्थी समूह सहभागी रहेका थिए ।
जसमा महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डिएभी अन्तर्राष्ट्रिय कलेजलाई पछि पार्दै हिमालय कलेजले उपाधि हात पारेको हो ।
डिएभी बिएससी सिएसआइटीका प्रमुख शशिभुषण चत्तुर्बेदीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य सिएसआइटी कलेजहरुबीच मित्रता र सहकार्य प्रर्बद्धन गर्नु रहेको थियो।
कलेजले यस्तो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण