एनआरएनए दक्षिण कोरियाको अधिवेशन चैत २४ मा हुने
काठमाडौँ । विपिन कुमार गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाको दसौँ अधिवेशन आगामी चैत २४ (अप्रिल ६) मा हुने भएको छ । दक्षिण कोरियाको राजधानी सउलमा अधिवेशन र निर्वाचन गर्ने निर्णय भएको अध्यक्ष गुरुङले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार उच्चस्तरीय समिति सदस्य तथा एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरको सहजीकरण तथा प्रमुख आतिथ्यमा बसेको कार्यसमिति बैठकले अधिवेशनको टुङ्गो लगाएको हो । उनले उक्त अधिवेशनलाई दक्षिण कोरियामा पनि एकताको अधिवेशन बनाउने लक्ष्य लिइएको जानकारी दिए ।
अधिवेशनका लागि डा अग्नि कोइरालाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । जसमा सदस्य गिरिराज कुँवर र ईश्वर कठायत सदस्य छन् ।
यस्तै बैठकले अधिवेशनका लागि संघका उपाध्यक्ष जित कुँवरलाई आर्थिक व्यवस्थापकको जिम्मेवारी तोकिएको छ भने महासचिव प्रशान्त राज बानियालाई कार्यक्रम व्यवस्थापकको जिम्मेवारी दिइएको छ ।
यसैगरी एकता महाधिवेशनलाई समेट्न एवं समन्वय गर्न पूर्व अध्यक्ष लक्ष्मी लामा गुरुङको नेतृत्वमा समन्वय तथा सहकार्य समिति गठन गरिएको गुरुङले बताए ।
कार्यक्रमका लागि नेपालबाट संघीय मन्त्री, एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजकलगायतका व्यक्तित्वहरू सहभागी हुने बताइएको छ । गत चैत २१ गते सर्वोच्च अदालतले दिएको फैसलाअनुसार केन्द्रमा एकता महाधिवेशन हुन लागेकाले दक्षिण कोरियामा पनि सोहीअनुसार गतिविधि गर्न लागिएको गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण