सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका लागि सरकार छलफलमा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनबारे प्रदेश सभा सदस्यसँग फागुन २२ र २३ गते छलफल गर्ने भएको छ । उक्त छलफलका विषयमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, मुख्यन्यायाधिवक्ता, मन्त्रालयका सचिव तथा अन्य सरोकारवालाहरू सहभागी थिए ।
बैठकमा सम्मेलनको तयारी, सम्भावित लगानी क्षेत्र, नीति सुधारका आवश्यक पहल तथा प्रदेश सभा सदस्यहरूसँग गरिन लागेको अन्तरक्रिया कार्यक्रमको विषयमा विस्तृत छलफल गरिएको थियो ।
बैठकमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशलाई आर्थिक रूपमा सबल बनाउनका लागि लगानीको आवश्यकतामा जोड दिँदै सम्मेलनलाई सफल बनाउन सबै पक्षहरू गम्भीर हुनुपर्ने बताए । उनले प्रदेशका विभिन्न क्षेत्रहरूमा निजी, सरकारी तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे ।
मन्त्रालयका सचिवहरूले लगानी सम्मेलनलाई सफल बनाउनका लागि गरिएका तयारीबारे जानकारी गराएका थिए । बैठकमा प्रदेश सरकारले उद्योग, पूर्वाधार, पर्यटन, कृषि, ऊर्जा लगायतका क्षेत्रमा लगानी अभिवृद्धि गर्न लगानीकर्तालाई आकर्षित गर्ने नीतिगत सुधार तथा सहुलियतका उपायहरूबारे छलफल गरियो ।
त्यसैगरी, प्रदेश सभा सदस्यहरूसँग हुन गइरहेको अन्तरक्रिया कार्यक्रमबारे पनि छलफल गर्दै, प्रदेशको समग्र विकास, नीति निर्माण र बजेट विनियोजनका विषयमा गहन बहस हुने अपेक्षा गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण