थाइल्याण्डबाट ल्याएको २२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद
दुई जना भारतीय नागरिक पक्राउ
मङ्गलबार, २० फागुन २०८१, १६ : १४
_OQXDCsVKlz.jpg)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट गाँजा लिएर आएका दुई जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराज निरौलाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा माडातादोम थाधा भायालिल र ताजहाया कालारोता छन् । थाइ एयरको उडानमार्फत काठमाडौँ आएका एक जनाको साथबाट १२ केजी र अर्काे आरोपीको साथबाट १० केजी गाँजा बरामद गरिएको उपसचिव निरौलाले बताए ।