सुदूरपश्चिम स्पोटर्स अवार्डको मुख्य प्रायोजकमा एसपीए
काठमाडौँ । आगामी चैत ७ गते हुने ‘छैटौँ सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ संस्करणलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गर्ने भएको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८१’ रहने भएको छ ।
मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे । सम्झौतापछि एसपीएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ । छैटौँ संस्करणमा २०८१ सालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षकसहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने बताइएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार प्रदान गरिने छ ।
यसैगरी, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई भने २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण