बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण
मङ्गलबार, २० फागुन २०८१, १६ : ४१

क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको स्टार सिप ८ को प्रक्षेपण रोकिएको छ । सोमबार राति हुने भनिएको उडान प्रक्षेपण हुनुभन्दा केही समय अगाडि रोक्का गरिएको हो ।
प्रक्षेपण गर्ने समय आउनै लाग्दा पनि यानको बुस्टरमा देखिएको समस्या समाधान नभएपछि २३ मिनेट अघि विमानलाई फ्लाइट कन्ट्रोलर होल्डमा राखिएको थियो ।
यो समयमा पनि समस्या समाधान नभएपछि कम्पनीले प्रक्षेपण अफलोड गर्ने र अर्को दिन कोसिस गर्ने निर्णय गर्यो । अर्को पटक अब कहिले यान प्रक्षेपण गरिनेछ भनेर कम्पनीले केही पनि बताएको छैन ।
‘आजको उडान प्रयास रद्द गरिएको छ । स्टार सिप टोलीले यान उडाउन अर्को उपर्युक्त दिन खोजिरहेका छन् ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा एक्सले लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म