बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण
मङ्गलबार, २० फागुन २०८१, १६ : ४१
क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको स्टार सिप ८ को प्रक्षेपण रोकिएको छ । सोमबार राति हुने भनिएको उडान प्रक्षेपण हुनुभन्दा केही समय अगाडि रोक्का गरिएको हो ।
प्रक्षेपण गर्ने समय आउनै लाग्दा पनि यानको बुस्टरमा देखिएको समस्या समाधान नभएपछि २३ मिनेट अघि विमानलाई फ्लाइट कन्ट्रोलर होल्डमा राखिएको थियो ।
यो समयमा पनि समस्या समाधान नभएपछि कम्पनीले प्रक्षेपण अफलोड गर्ने र अर्को दिन कोसिस गर्ने निर्णय गर्यो । अर्को पटक अब कहिले यान प्रक्षेपण गरिनेछ भनेर कम्पनीले केही पनि बताएको छैन ।
‘आजको उडान प्रयास रद्द गरिएको छ । स्टार सिप टोलीले यान उडाउन अर्को उपर्युक्त दिन खोजिरहेका छन् ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा एक्सले लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण