श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन सिण्डिकेट लागू नभएको प्रष्ट पारेको छ । नेपाल सरकारले विगतदेखि नै भेदभावरहित र पारदर्शी तरिकाले भर्ना प्रक्रिया अवलम्बन गर्दै आएको बताउँदै सिण्डिकेट नभएको प्रष्ट पारेको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपाली कामदार पठाउन निश्चित मेनपावर व्यवसायीहरूलाई फाइदा पुग्ने गरी कुनै नीतिगत निर्णय नभएको स्पष्ट पारेका हुन् ।
विभिन्न सञ्चारमाध्यमबाट मलेसियामा सीमित व्यवसायीले सिण्डिकेट लगाइरहेको भन्दै समाचार सम्प्रेषण गरेर अफवाह फैलाइरहेको बताउँदै समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
श्रम आप्रवासन प्रक्रियालाई थप व्यवस्थित र कामदारमैत्री बनाउन नीतिगत र कानुनी सुधार भइरहेको पनि मन्त्रालयको भनाइ छ ।
मलेसियामा कामदार पठाउन कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी हाल कुनै पनि नीतिगत निर्णय नभएको र भविष्यमा समेत यस प्रकारको निर्णय नहुने प्रष्ट पारेको छ ।
केही सीमित व्यवसायीहरूले मलेसियामा कामदार पठाउने विषयमा सिण्डिकेट लागू गर्दै आएको व्यवसायीहरूले नै आरोप लगाउँदै आएका छन् ।
_MYHs1CiP2Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण