विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
दुबई । अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भारत ४ विकेटले विजयी बन्यो ।
अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ६५ रनको लक्ष्य भारतले ४८।१ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । भारतको जितमा विराट कोहली नायक बने । उनले ९८ बलमा ८४ रनको शानदार इनिङ्स खेले ।
त्यस्तै, श्रेयर ऐयरले ६२ बलमा ४५ रन जोडे । केएल राहुले ३४ बलमा ४२ रन जोड्दै नटआउट रहे । कप्तान रोहित शर्मा र हार्दिक पाण्ड्याले २८–२८ रन तथा अक्षर पटेलले २७ रन बनाए ।
अस्ट्रेलियाका लागि नाथक एलिस र एडम जाम्पाले २–२ विकेट लिए भने बेन ड्वार्सिस र कुपर कनोलीले १–१ विकेट हात पारे । योसँगै भारतले आईसीसी विश्वकपको फाइनलमा घरेलु मैदानमा बेहोरेको नमिठो हारको बदला लिन सफल भएको छ ।
यसअघि, पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो । टोलीका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन जोडे । उनले ९६ बलमा ४ चौका र १ छकका हिर्काए ।
त्यस्तै, एलेक्स केरीले ५७ बलमा ६१ रनको योगदान दिए । उनले ८ चौका र १ छक्का प्रहार गरे । ओपनर ट्राभिस हेडले ३३ बलमा ३९ रन बनाए । मार्नस लाबुसेनले ३६ बलमा २९ रन बनाए ।
भारतका लागि मोहम्मद शमीले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेर ३ विकेट लिए । वरुण चर्कवर्ती र रवीन्द्र जडेजाले २–२ विकेट हात पारे । हार्दिक पाण्ड्या र अक्षर पटेलले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण