अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा
_3N7UUSjIHi.jpg)
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले रातोपाटीलाई जानकारी दिए । डिपोर्ट भएका नेपालीहरू ८ जना रहेको पनि उनले पुष्टि गरे ।
‘नेपाल ल्याइएसँगै उहाँहरूलाई अध्यागमन प्रक्रिया पूरा गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाएका छौँ’, उनले भने, ‘केही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेको थियो सोही अनुसार जिम्मा लगाइदिएका छौँ ।’
उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ । प्रहरीले डिपोर्ट भएकाहरुबाट मानव तस्करीमा संलग्नहरुको नेक्सस खुल्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आधार शिविर पुगेर गृहमन्त्रीले भने– शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ
-
कांग्रेस नेता महेश कोर्मोचाको निधन
-
‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’