राजनीति
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
बुधबार, २१ फागुन २०८१, ११ : ३०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बिहान प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकले विपक्षी दलहरूको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा भाग लिनका लागि अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अहिले संसद् भवन नयाँ बानेश्वर जाँदैछन् । विपक्षमा माओवादी, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, आजपा रहेका छन् ।
सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँचवटा अध्यादेश आज दिउँसो बस्ने संसद् बैठकमा निर्णायर्थ पेस गर्ने तयारी गरेको बेला विपक्षी दलको बैठक बस्न लागेको हो । यसअघि बसेको विपक्षी दलको बैठकले सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न लागेको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण