ललितपुरको सानेपामा रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा
काठमाडौँ । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रमबिच एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।
ललितपुर महानगरपालिका वडा नम्बर २ स्थित सानेपामै खोलिएको रेडियन्ट क्रिकेट एकेडेमी करिब चार रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । एकेडेभीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक सामसङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहेका छन् । एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको जनाइएको छ ।
विद्यालयमा हाल एक सय ५० जना खेलाडीले प्रशिक्षण गरिरहेको बताइएको छ । रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराँते र जिन्याष्टिकको प्रशिक्षक राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।
कार्यक्रममा राष्ट्रिय टोलीका पूर्वकप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउदै यो कार्यले नेपाली क्रिकेटको विकासमा पनि योगदान दिने विश्वास व्यक्त गरे । उनले साधारण प्रशिक्षण मात्र पर्याप्त नहुने भएकाले एकेडेमीमै प्रशिक्षण लिएमा खेलाडीको क्षमता वृद्धिमा सहयोग पुग्ने धारणा पनि राखे ।
प्याब्सनका केन्द्रीय अध्यक्षसमेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताए । उनले नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनउनेतर्फ प्याब्सनले काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समापनपछि पूर्व कप्तान मल्लले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई ‘अटोग्राफ’ पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण