गोल्ड कार्ड र अमेरिकी ऋणबारे यसो भन्छन् ट्रम्प
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कंग्रेसलाई सम्बोधन गरेका थिए । यसक्रममा उनले धनी विदेशीहरूलाई अमेरिकामा लगानी गर्न प्रेरित गर्ने गोल्ड कार्ड भिजासम्बन्धी आफ्नो पछिल्लो नीतिको प्रशंसा गर्दै यसबाट हुने आम्दानीबाट सरकारी ऋण चुक्ता गर्ने बताएका थिए ।
पछिल्लो २४ वर्षमा कसैले पनि संघीय बजेटलाई सन्तुलनमा नराखेको तर आफूले यसलाई सन्तुलनमा राख्न चाहेको उनले बताए । ‘हामीले गोल्ड कार्डको लागि विस्तृत योजना बनाएका छौँ, जुन चाँडै नै ५० लाख डलरमा बिक्रीमा राखिनेछ’ ट्रम्पले भने ।
‘एकातिर, हामी अपराधी, हत्यारा, तस्कर, बाल यौन दुराचारीहरूलाई बाहिर निकाल्नेछौं र बुद्धिमान, मेहनती, रोजगारी सिर्जना गर्ने मानिसहरूलाई ल्याउनेछौं । उनीहरूले धेरै मुद्रा दिनेछन् र यो पैसाले हामी हाम्रो ऋण घटाउनेछौँ’ ट्रम्पले आप्रवासीहरूलाई आक्रमण गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण