‘अमेरिकी अर्थतन्त्रलाई ट्रम्पले मन्दीतिर धकेलिरहेका छन्’
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शीतयुद्धमा हार मानेको आरोप डेमोक्रेटहरूले लगाएका छन् । ‘शीतयुद्धको समयमा हुर्केको व्यक्तिको रूपमा, म ट्रम्पप्रति होइन, म रेगनप्रति कृतज्ञ छु, जो १९८० को दशकमा राष्ट्रपति थिए,’ डेमोक्रेट सिनेटर स्लटकिनले भनिन् ।
आफूले चिनियाँ वा रुसी नेतृत्वको सट्टा अमेरिकी नेतृत्वलाई प्राथमिकता दिने पनि उनले बताइन् । रेगन रिपब्लिकन पार्टीका पूर्वअमेरिकी राष्ट्रपति थिए ।
मृत्यु भएको २० वर्षपछि पनि उनी रिपब्लिकन समर्थकहरूमाझ निकै लोकप्रिय छन् । उनको कार्यकालमा अमेरिकाले द्रुत गतिमा प्रगति गरेको धेरै मानिसहरू विश्वास गर्छन् ।
ट्रम्पको भाषणको जवाफ दिँदै, स्लटकिनले अमेरिकी राष्ट्रपतिको सबैभन्दा प्रचारित मुद्दा, आप्रवासनको आलोचना गरिन् ।
‘टुटे फुटेको अध्यागमन प्रणालीलाई ठिक नगरी सीमा सुरक्षित गर्नु भनेको रोगको सट्टा लक्षणको उपचार गर्नु जस्तै हो,’ उनले भनिन् ।
‘अमेरिका आप्रवासीहरूको देश हो, हामीलाई एउटा यस्तो प्रणाली चाहिएको छ जुन व्यावहारिक होस् अनि हाम्रो अर्थतन्त्रको आवश्यकतामा केन्द्रित होस्, जसले उत्तम व्यक्तिहरूलाई कानुनी रूपमा आएर काम गर्न अनुमति देओस्’ उनले भनिन् ।
आप्रवासीहरूलाई लखेट्ने ट्रम्पको पछिल्लो कदमले अमेरिकी अर्थतन्त्रलाई सिधै मन्दीमा पुर्याउने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण