सामन्थालाई आफ्नै फिल्म लाग्छ वाहियात
नयाँ दिल्ली । तेलुगु र तमिल फिल्म उद्योगमा छाप छोडेपछि सामन्था रुथ प्रभु अब बलिउडमा प्रवेश गरेकी छिन् ।
‘सिटाडेल हनी–बनी’मा अन्तिम पटक देखिएकी सामन्थाले मनोरञ्जन उद्योगमा १५ वर्ष पूरा गरेकी छिन् । अभिनेत्रीले सन २०१० मा 'मैया चसवे’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यस फिल्ममा अभिनेत्री पूर्व पति नागा चैतन्यसँग देखिएकी थिइन् । गौतम वासुदेव मेनन निर्देशनमा बनेको यही फिल्मको सेटमा दुईको प्रेमकथा सुरु भएको थियो । डेब्यू फिल्मको जबरजस्त सफलताले फिल्म उद्योगमा अभिनेत्रीको शानदार ‘इन्ट्री’ दियो ।
यसैबिच अभिनेत्रीले फिल्म जगतमा १५ वर्ष पूरा गरेको अवसरमा टाइम्स अफ इन्डियासँग कुरा गरेकी थिइन् । आफ्नो करियरको सुरुवाती चरणमा आफ्नो आत्मसम्मानलाई फिल्मको सफलतासँग जोड्ने गरेको अनि अहिले आफ्नै पुराना फिल्महरू हेरेपछि पछुतो मान्ने उनले बताइन् ।
फिल्मी क्षेत्रमा १५ वर्षको यात्रा पछि आफू अहिले धेरै राम्रा ठाउँमा भएको उनले बताइन् । पहिला पहिला उनी हरेक शुक्रबार अलमल्लमा पर्थिन र दिनभरि बेचैन भइरहन्थिन् । फिल्मको सफलताको आधारमा अभिनेत्री आफ्नो आत्म–मूल्य र आत्मविश्वासको मूल्याङ्कन गर्थिन् । तर यसो गर्नु उनको लागि आफैलाई ध्वस्त पार्ने बाटो साबित भएको अहिले आएर उनले महसुस गरेकी छिन् ।
- आफैँले खेलेको पात्रप्रति लज्जित महसुस
आफ्ना केही पुराना अभिनयहरू, विशेष गरी उनका सुरुवाती चरणमा निर्वाह गरेको ग्ल्यामरस भूमिकाहरू अहिले दोहोर्याएर हेर्दा लज्जित महसुस गर्ने उनले बताइन् । सुरुमा आफूले खेलेका कयौँ ग्ल्यामरस भूमिकाहरू वास्तवमा आफ्नो लागि नभएको अनि आफू जबरजस्ती ती भूमिकामा फिट हुन खोजेको देख्दा लाज लाग्ने पनि उनले बताइन् ।
ती समयमा अभिनेत्री आफ्ना शानदार साथीहरू जस्तै बन्न खोजिरहेको अनि उनीहरू जस्तै देखिने, त्यस्तै अभिनय गर्न र नाच्न खोजिरहेको थिइन् । ‘तर अहिले जब म आफ्ना ती पफर्मेन्स हर्छु, ती सबै मलाई बिलकुलै बेतुकका लाग्छन् ।’ उनले भनिन् ।
- पूर्व पतिसँगको डेब्यू फिल्म अझै मान्छिन् खास
पूर्व पति नागा चैतन्यसँगको आफ्नो पहिलो फिल्म ‘माया चेसावे’ सामन्थालाई अझै पनि निकै विशेष लाग्छ । यस फिल्मको सुटिङ गर्दाको हरेक स–साना कुराउनलाई राम्रोसँग याद छ । उनी भन्छिन्, ‘मैले माया चेसावेको लागि खिचेको पहिलो तस्बिर कार्तिकलाई गेटमा भेट्दाको थियो । गौतम मेननसँग काम गर्नु एकदमै राम्रो अनुभव थियो र उनलाई प्रत्येक पात्र कसरी स्तरीय हुन्छन् हुनेछ भन्ने राम्रो जानकारी थियो ।’ अभिनेत्रीले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण