वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर ठगी
काठमाडौँ । वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको नक्कली फेसबुक आईडी बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका वडा-७ घर भई जिल्ला काठमाडौँ तार्केश्वर नगरपालिका-५ लोलाङ हाइट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार खकुरालले सामाजिक सञ्जाल फेसबुकमा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको पहिचान गरी प्रोफाइल भिजिट गर्नुको साथै उनीहरूको आफन्तहरूको समेत विवरण राखी नक्कली फेसबुक आईडी बनाउँथे । त्यसपछि उक्त फेक आईडीमा विदेशमा रहेका व्यक्तिहरूकै फोटो अपलोड गरी उक्त आईडीबाट आफन्तहरूसँग म्यासेन्जरमा टेक्स्ट गर्थे ।
प्रहरी उपरीक्षक आचार्यका अनुसार उनले आफू र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफूलाई रकमको आवश्यकता परेकोले मेरो साथीको क्यूआरमा रकम पठाउनु भनी विभिन्न व्यक्तिहरूसँग रकम माग गर्थे ।
उनले यसका लागि उपत्यकाको विभिन्न पसलहरूमा गई ‘आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाइदिँदै छ । मेरो कुनै पनि बैंक खाता छैन, भनी हजुरको खातामा पैसा आउँछ । सो पैसा राखी मलाई नगद रकम दिनु’ भनी उक्त पसलहरूको क्यूआर पठाई उक्त क्यूआरमा रकम हाल्न लगाई पसलहरूबाट नगदै रकम लिने गरेका थिए ।
कार्यालयबाट खटिएको टोलीले मंगलबार खकुराललाई तार्केश्वरको लोलाङ हाइटबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण