सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्च सेमिफाइनलमा प्रवेश
बुटवल । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मुर्गियामा सञ्चालन भइरहेको सुनगाभा सैनामैना गोल्डकपमा तेस्रो दिनको खेलमा अभिषेक चर्च विजय भएको छ। टोलीले सशस्त्र प्रहरीलाई २-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेल शुभारम्भ भएको २ मिनेटमा नै अभिषेक चर्चका जर्सी नम्बर ७ का सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलमा खेलको ११ औँ मिनेटमा सशस्त्रका जर्सी नम्बर ७७ का भरत कपालीले गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए।
एकपछि अर्को प्रहार गर्दै दुवै टिमले गोल पोस्टमा प्रहार गरेता पनि दुवै टिमका गोलकिपरहरूले उत्कृष्ट रक्षा गर्दै गोल हुनबाट आफ्नो टिमलाई पछि पर्नबाट बचाएका थिए। अभिषेक चर्चको उत्कृष्ट प्रहारलाई सशस्त्रका गोलकिपर अतिप श्रेष्ठले पटकपटक बचाएका थिए।
खेलको दोस्रो हाफको ४६ औँ मिनेटमा अभिषेक चर्चका शक्ति गुरुङले गोल थप्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाएका थिए। निकै नै प्रतिस्पर्धात्मक खेलमा नतिजाका लागि अन्तिम समय सम्म नै कुर्नुपर्ने देखिएको थियो र यद्यपि उत्कृष्ट प्रहारहरूलाई अभिषेक चर्चका गोलकिपर तोप बहादुर राणाले उत्कृष्ट रक्षा गर्दै आफ्नो टिमलाई जित दिलाए ।
खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी खेलको म्यान अफ द म्याच घोषित भएका थिए। बिहीबारको खेल महावीर क्लब काठमाडौँ र हनामी बीएफसी चितवन बिच हुने कुरा टिम संयोजक श्री दर्लामीले जानकारी दिएका थिए।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लब गरी १० टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण