दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, उपाधिका लागि भारतसँग भिडन्त पक्का
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्ध ५० रनको जित निकाल्दै न्युजिल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा प्रवेश गरेको छ । बुधबार पाकिस्तानको लाहोरमा भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३६३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ३१२ रनमात्र बनाउन सक्यो ।
डेविड मिलरले आक्रामक शतक बनाए पनि दक्षिण अफ्रिकाकालाई हारबाट जोगाउन सकेनन् । उनले ६७ बलमा १० चौका र चार छक्कासहित अविजित १०० रन बनाए । यसबाहेक, रसी भान डेर डुसेनले ६९ रन थप्दा कप्तान टेम्बा बवुमाले ५६ रन जोडे । आइदेन मार्करमले ३१ र र्यान रिकेलटोनले १७ रन बनाए ।
न्युजिल्यान्डका मिचेल स्यान्टनरले तीन विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले समान दुई विकेट लिँदा माइकल ब्रासवेल र रचिन रवीन्द्रको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रनको योगफल खडा गरेको थियो ।
न्युजिल्यान्डका ओपनर रचिन रवीन्द्र र केन विलियम्सनले शतकीय इनिङ खेले । रवीन्द्रले १०१ बलमा १३ चौका र एक छक्कासहित १०८ रन बनाए । यस्तै, विलियम्सनले ९४ बलमा १० चौका र दुई छक्कासहित १०२ रन जोडे ।
यसबाहेक, डार्यल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन थपे । विल योङले २१ र माइकल ब्रासवेलले १६ रन बनाए ।
दक्षिण अफ्रिकाका लुंगी एन्गिडीले तीन विकेट लिए । कगिसो रबाडाले दुई विकेट लिँदा विन मुल्डरले एक विकेट हात पारे ।
जितसँगै फाइनलमा स्थान बनाएको न्युजिल्यान्डले उपाधिका निम्ति भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध चार विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण