क्रेस्ट माइक्रो इन्स्योरेन्सको सेयर आजदेखि, कस्तो छ कम्पनीको अवस्था ?
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला हुने भएको छ । कम्पनीले जारी गरेको आह्वान पत्र अनुसार बिहीबारदेखि आईपीओ बिक्रीका लागि खुला भएको हो ।
उक्त सेयर छिटोमा फागुन २६ गते बन्द हुनेछ । सो अवधिमा बिक्री नभएमा चैत ६ गतेसम्म समय थप गर्नसक्ने जनाइएको छ । कम्पनीले ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको थियो ।
सो रकममध्ये १० प्रतिशत रकम वैदेशिक रोजगारीमा गएका, ३ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका सेयरधनीलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
अहिलेको बाँडफाँट प्रणाली अनुसार उक्त शेयर अधिकतम १ लाख ८४ हजार ५०० जनाले प्राप्त गर्न सक्नेछन् । उक्त सेयरमा आवेदन दिन चाहनेले सी–आश्वा सेवा भएका बैंक तथा वित्तीय संस्था एवं मेरो सेयरको एपबाट आवेदन दिनसक्ने जनाइएको छ ।
आवेदन दिँदा कम्तीमा १० देखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाइएको छ । आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको नेटवर्थ १०३.२७ रुपैयाँ छ । प्रतिसेयर आम्दानी २.४१ पैसा हुँदा सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण