ट्रम्पले फेरि भने- ग्रीनल्याण्ड र पानामा नहर लिन्छौँ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रीनल्याण्ड दुवै लिने आफ्नो प्रतिद्धता दोहो¥याएका छन् । ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा यस्तो टिप्पणी गरेका हुन् ।
अमेरिकाको राष्ट्रिय सुरक्षालाई अझ बढाउन आफ्नो प्रशासनले पानामा नहर लिन लागेको बताए ।
दिवंगत अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई १९७० को दशकमा पानामासँग सन्धिमा हस्ताक्षर गरेकोमा दोष लगाए । कार्टरले देशलाई महत्वपूर्ण जलमार्ग चलाउने अधिकार हस्तान्तरण गरेका थिए । आफ्नो प्रशासनले ग्रीनल्याण्डवासीहरू भविष्य निर्धारण गर्नेकुरालाई समर्थन गर्ने बताए ।
लगभग ६० हजार जनसंख्या भएको टापु ग्रीनल्याण्ड, १९५३ सम्म डेनिस उपनिवेश थियो । १९७९ मा ग्रिनल्याण्डले गृह शासन प्राप्त ग¥यो । जसले गर्दा ठूलो स्वशासन प्राप्त भएको थियो । डेनमार्कले आफ्नो विदेश र रक्षा नीतिमा अधिकार भने कायम राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण