कोरियाली हवाई सेनाको जेटले झुक्किएर घरमा बम खसाल्यो, आठ जना घाइते
बिहीबार, २२ फागुन २०८१, ११ : ४१
सोल । दक्षिण कोरियामा आठ जना घाइते भएका छन् । हवाई सेनाको एक जेटले बिहीबार झुक्किएर सर्वसाधारणहरू बस्ने घर र चर्चमाथि बम फ्याकेपछि ती मानिसहरू घाइते भएका हुन् ।
पोचिअनमा सैन्य अभ्यासको क्रममा यो दूघर्टना भएको हवाई बल र अग्नि विभागका अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको गेओङ्गी–दो बुक्बु अग्नि सेवाका एक अधिकारीले बताए ।
पोचिअन उत्तर कोरियाको सीमा नजिक सोलबाट उत्तर पूर्वमा करिब ४० मिटर टाढा छ । संयुक्त सैन्य अभ्यासका क्रममा केएफ–१६ जेटबाट ५ सय पाउन्ड तौल भएका आठ थान एमके ८२ बम सटिङ रेञ्जबाहिर खसेका थिए ।
यो घटनाबाट भएको क्षतिका लागि हवाई सेना बलले एक विज्ञप्तिमा माफी मागेको छ । स्थानीयहरूले घटनाको विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण