४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज
काठमाडौँ । अस्पताल भर्ना भएको ४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए ।
निवासमै हृदयघात भएपछि आइतबार साँझ उनलाई परिवारले नर्भिक लगेका थिए । सोही राति नै मुटुमा स्टेन राखिएको र केही दिन उनलाई चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो ।
‘अहिले उहाँको अवस्था सामान्य बनेसँगै डिस्चार्ज गरिएको छ’, मिश्राले भने । पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरेको थियो।
पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण