एक महिनासम्म अतिरिक्त भन्सार महसुलबाट यी अटो कम्पनीलाई ट्रम्पले दिए छुट
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि लगाएको २५ प्रतिशत अतिरिक्त भन्सार महसुलबाट केही अटो निर्माता कम्पनीहरूलाई छुट दिएका छन् । अहिलेको स्वतन्त्र व्यापार सम्झौताका सर्तहरू पालना गरिरहँदासम्म एक महिनाका लागि यो छुट दिइएको ह्वाइट हाउसले भनेको छ ।
ठूला घरेलु अटो निर्माता कम्पनीहरू फोर्ड, जनरल मोटर्स (जीएम) र स्टेलान्टिसका प्रमुख कार्यकारीहरूसँग ट्रम्पले कुराकानी गरेपछि बुधबार यो घोषणा भएको हो । यो खबरपछि बुधबारको कारोबारमा जीएमको शेयर ५ दशमलव ३ प्रतिशतसम्म बढेको थियो ।
फोर्डको शेयर मूल्यमा पनि ४ दशमलव १ प्रतिशतको वृद्धि देखिएको थियो । अतिरिक्त छूटबारे छलफल गर्न ट्रम्प तयार रहेको तर ट्रम्पले क्यानडामाथि कुनै अतिरिक्त महसुल लगाइराख्दा क्यानडाका प्रधानमन्त्री जष्टिन टु्डोले जस्तालाई त्यस्तै गर्दै लगाएको कर नहटाउने भएकोले वार्ता अल्झिएको ट्रम्पको प्रेस सचिवले बताए । कम्पनीहरूले कयौँ पटक अटो पार्टस् सीमा आरपार यी देशहरूमा पठाउँदै ल्याउँदै गरेर पूरा कार बनाउने गरेका छन् ।
ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुलका कारण क्यानडा र मेक्सिकोमा कार बनाइरहेका अटो कम्पनीहरूलाई निकै गाह्रो भएको छ । ट्रम्पको यो नीतिका कारण फोर्डले अमेरिका र ओन्टारियोमा रहेको कार असेम्ब्लिङ लाइन नै बन्द गर्ने तयारी गर्न लागेको थियो ।
‘मान्छेहरूले जागिर गुमाउन गइरहेका छन् ।’ ओन्टारियो मेयर डग फोर्डले भनेका थिए । एक महिनाको छूटले कम्पनीहरूलाई थोरै भएपनि राहत मिल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण