क्लब विश्वकप फुटबलमा एक अर्ब डलरभन्दा बढीको पुरस्कार राशि
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा)ले क्लब विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने क्लबहरुलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी पुरस्कार राशि दिने तयारी गरेको छ ।
चेल्सी, म्याचेस्टर सिटीजस्ता युरोपका प्रभावशाली क्लबहरुको उपस्थितिमा युरोपेली क्लब एसोसिएसन (ईसीए)ले फिफासँग यस विषयमा छलफल गरेको थियो । त्यसपछि फिफा र ईसीएबिच यस्तो सहमति भएको समाचारमा जनाइएको छ ।
क्लब विश्वकपको २१ औँ संस्करण सन् २०२५ मै अमेरिकामा आयोजना हुँदैछ । फिफासँगको नयाँ सम्झौतापछि क्लब फुटबलमा यो सबैभन्दा ठुलो पुरस्कार राशि हुने दाबी गरिएको छ । क्लब विश्वकपमा ३२ टोली सहभागी हुनेछन् ।
त्यसमध्ये १२ वटा क्लब युरोपका रहेका छन् । युरोपबाट चेल्सी, रियल म्याड्रिड म्यानचेस्टर सिटी र बायर्न म्युनिख आगामी क्लब विश्वकपमा सहभागी हुनेछन् ।
यसैगरी, युरोपबाटै पेरिस सेन्ट जर्मन (पीएसजी), इन्टर मिलान एफसी पोर्टो, बेनफिका, बोरुसिया डर्टमन्ड, युभेन्ट्स, एट्लेटिको म्याड्रिड र रेड बुल साल्जवर्गले पनि सहभागिता जनाउने छन् ।
क्लब विश्वकपको आगामी संस्करण जुन १४ तारिखमा सुरु हुनेछ भने जुलाई १३ तारिखमा सकिने छ । क्लब विश्वकपमा सहभागी क्लबहरुले सहभागितादेखि विभिन्न चरण प्रवेशमा समेत रकम पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण