भर्खर जङ्गलबाट सहर छिरेकाहरूले संसदमा असभ्य र अशिष्ट शब्दहरू बोल्न थाले: एमाले सांसद रिजाल
काठमाडौँ । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले भर्खर जङ्गलबाट सहर छिरेका जम्बो मन्त्रीहरूले संसदमा असभ्य र अशिष्ट शब्दहरू बोल्ने अभ्यास गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद रिजालले नेकपा (माओवादी केन्द्र)का सांसदहरूलाई लक्षित गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।
बुधवारको बैठकमा माओवादी सांसदहरूले प्रधानमन्त्रीको आलोचना गरेकै आधारमा बिरालाका गुण्डाहरूले नागरिक कुटेको भन्दै अभिव्यक्ति दिएका थिए । उनले लोकतान्त्रिक नेतृत्वमाथि प्रहार हुँदा त्यसलाई रोक्नेहरू बिरालोका गुण्डा नभई लोकतन्त्रका सेनानी भएको उल्लेख गरे ।
उनले भने, ‘सभ्यताको थलो यस सदनमा एकदुई दिनदेखि बडो असभ्य शब्दहरू प्रस्तुत हुँदैछन् । भर्खर भर्खर जंगलबाट सहरतिर छिरेको जम्बो मन्त्रीहरूले असभ्य, अशिष्ट कुराहरू राख्ने अभ्यास गरिरहनुभएको छ । र हिजो मात्रै बिरालाका गुण्डाहरू भन्ने जुन शब्द सुनियो यो संसदीय शब्द होइन । म के चुनौती दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होइनन् लोकतन्त्रका सेनानीहरू हुन् । जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ ती चुप लागेर बस्दैनन् ।’
उहाँले सबै सांसदहरूले संसद्को गरिमा कायम हुने गरी बोल्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण