ब्राइडन कार्स घाइते भएपछि वियान मुल्डर सनराइडर्स हैदरावादको टोलीमा
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।
आईपीएलको नयाँ सिजन सुरु हुनुभन्दा करिब दुई साताअघि सनराइजर्स हैदरावादले आफ्नो टोलीमा परिवर्तन गरेको छ । इङ्ल्यान्डका ब्राइडन कार्स चोटका कारण टोलीबाट बाहिरिएपछि सनराइजर्स हैदरावादले उनको स्थानमा वियान मुल्डरलाई टोलीमा स्थान दिएको हो ।
मुल्डर दक्षिण अफ्रिकाका तीव्र गतिका बलर हुन् । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । वियान मुल्डरलाई ७५ लाख भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादले क्लबमा आबद्ध गरेको हो । ब्राइडन कार्स भने च्याम्पियन्स ट्रफीका क्रममा घाइते भएका हुन् ।
अस्ट्रेलियाविरुद्धको खेलका क्रममा उनको खुट्टाको औँलामा गम्भीर चोट लागेको थियो । त्यसलगत्तै उनी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिएका थिए । आईपीएलको मेगा अक्सनमा सनराइजर्स हैदरावादले ब्राइडन कार्सलाई एक करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण