एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
मोरङ । नेकपा एमाले मोरङको दसौँ अधिवेशनको नयाँ नेतृत्वको लागि बुधबार भएको मतदानको मतगणनामा अध्यक्ष केपी ओलीको समर्थन पाएको प्यानल पछाडि परेको छ । अहिलेसम्म २०० मतगणना सम्पन्न हुँदा अध्यक्षसहित पाँचै जना पदाधिकारीमा नेता विनोद ढकालले अगाडि सारेका प्यानलको अग्रता कायम राखेको छ ।
ढकाल पक्षबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राईले ९८ मत प्राप्त गर्दा ओलीको समर्थन पाएका उम्मेदवार राजकुमार ओझाले ८४ मत पाएका छन् । यस्तै उपाध्यक्षमा पनि ढकाल टिमका सागर थापाले ९८ मत प्राप्त गर्दा संस्थापन पक्षकी शान्तिकुमारी लिम्बूले ७७ मत पाएकी छन् ।
सचिवमा ढकाल पक्षका सोमराज थापाले ९६ मत प्राप्त गरेका छन् भने संस्थापन पक्षका रविन थापाले ७८ मत पाएका छन् । यस्तै उपसचिव पदमा ढकाल पक्षका सन्तोष वान्तवाले १०५ मत प्राप्त गर्दा संस्थापनका इर्जलाल राजवंशीले ६८ मत पाएका छन् ।
महिला सहसचिवमा सुरुवाती गणनामा संस्थापन पक्षकी शिल्पा निराला कार्कीको अग्रता भएकोमा अहिले उनी पनि पछि परेकी छन् । कार्कीले ८२ मत प्राप्त गर्दा ढकाल पक्षकी उषा झाले ९३ मत पाएकी छन् ।
दिउँसो सभा ३ बजेदेखि एमाले पार्टी कार्यालय पाञ्चालीमा मतगणना सुरु भएको हो । अधिवेशनमा ८८८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण