६ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
बिहीबार, २२ फागुन २०८१, १९ : २१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ६ देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा विभिन्न ६ देशका नवनियुक्त राजदूतले छुट्टाछुट्टै रूपमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेमा गणतन्त्र गिनी, गणतन्त्र युगाण्डा, बोस्निया तथा हर्जगोभिना, गणतन्त्र ग्वाटेमाला, इटाली र ग्रीसका गैरअवासीय राजदूत रहेका छन् । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण