एमाले मोरङमा संस्थापन इतर पक्षको अग्रता कायमै
विराटनगर । नेकपा एमाले मोरङको १०औँ जिल्ला अधिवेशनमा पदाधिकारीतर्फको मतगणनामा संस्थापन इतर समूहको अग्रता कायमै राखेका छन् ।
मतपरिणाम अनुसार ४३९ मत गणना सम्पन्न हुँदा एमाले नेता विनोद ढकाल समूहबाट अध्यक्षका उम्मेदवार बनेका अजम्बर राईले २२५ मत प्राप्त गरेका छन् । संस्थापनका उम्मेदवार राजकुमार ओझा २३ मतले पछाडि छन् ।
उपाध्यक्षमा इतर समूहकै सागर थापाले २२८ मत पाउँदा उपाध्यक्षकी अर्की उम्मेदवार शान्ति लिम्बूले १८२ मत पाएकी छन् ।
सचिवमा इतर पक्षकै सोमराज थापाले २३० मत प्राप्त गर्दा संस्थापन पक्षका रविन थापाले १८० मत ल्याएका छन् । उपसचिवका उम्मेदवार सन्तोष वान्तवाले २३९ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी संस्थापन पक्षका इर्जालाल राजवंशीले १६३ मत पाएका छन् । संस्थापनकै उपसचिवकी उम्मेदवार शिल्पा निराला कार्कीले २०४ मत प्राप्त गर्दा इतर समूहकी उषा झाले २०७ मत प्राप्त गरेकी छिन् । एमाले अधिवेशनमा ८८८ जनाले मतदान गरेका छन् । अन्तिम मत परिणाम आउन शुक्रबार साँझसम्म कुर्नुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण