जेठमा राष्ट्रिय सम्मेलन गर्ने वाईसीएलको निर्णय

काठमाडौँ । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
वाईसीएलका प्रवक्ता नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय भएको बताए ।
अध्यक्ष सुबोधराज सेर्पालीको अध्यक्षतामा फागुन २१ र २२ गते बसेको केन्द्रीय कार्यालयको बैठकले उक्त निर्णय गरेको जानकारी दिँदै उनले त्यसअघि केन्द्रीय समितिको चौथो पूर्ण बैठक फागुन २७ गते भर्चुअल माध्यमबाट बस्ने निर्णय भएको बताए ।
यस्तै बैठकले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उपत्यका क्याम्पसहरूमा केन्द्रीय पदाधिकारीहरूले संयोजन गर्ने, सम्बन्धित प्रदेश र जिल्लाहरूले अनेरास्ववियु (क्रान्तिकारी) सँग सहकार्य गरी स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवारलाई विजयी गराउन सम्बन्धित क्याम्पसहरूमा कार्य विभाजन गरी लाग्ने निर्णय गरिएको वाईसीएलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव