अमेरिकाले सैन्य सहायता रोकेपछि युक्रेनमाथि रुसको हमला, १८ जनाको मृत्यु
शुक्रबार, २३ फागुन २०८१, १५ : २८
किभ । रुसले युक्रेनमाथि व्यापक हमला गरेको छ । कृष्ण सागरमा रहेका जहाजबाट रुसले व्यापक मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ ।
युक्रेनको नेभी प्रवक्ता दम्योत्रो प्लेटेन्चकले यस्तो खालको हमला यो वर्ष सुरु भएयताकै ठुलो रहेको जनाएका छन् । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेपछिको यो पहिलो हमला भएको जनाइएको छ ।
रातभरि भएको यस हमलामा चार जना बालबालिकासमेत १८ जनाको मृत्यु भएको बताइएको छ । हमलामा युक्रेनको ऊर्जा पूर्वाधार ग्यास उत्पादन केन्द्रहरूलाई लक्षित गरिएको युक्रेनी ऊर्जामन्त्रीले भनेका छन् । आक्रमणमा युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा आठ जना घाइते भएका छन् । महत्त्वपूर्ण पूर्वाधार र आवासीय भवनहरू क्षतिग्रस्त भए । पूर्वी दोनेत्स्क क्षेत्रमा दुई बालिकासमेत सात जना घाइते भएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण