थाइल्यान्डमा विद्यार्थीहरू आफ्नो हेयरस्टाइल रोज्न स्वतन्त्र
बैँकक । वर्षौसम्म अधिकारीहरूसँगको खिचातानीपछि थाइल्यान्डका विद्यार्थीहरूले आफूले कस्तो खालको हेयरस्टाइल राख्ने भनेर रोज्न सक्ने भएका छन् । बुधबार त्यहाँको सर्वोच्च प्रशासनिक अदालतले शिक्षा मन्त्रालयको ५० वर्ष पुरानो निर्देशिका खारेज गरेको छ ।
यसअघि निर्देशिकाले विद्यार्थीहरूले कस्तो हेयर स्टाइल राख्न पाउँछन् भनेर तोकेको थियो । निर्देशिका अनुसार छात्रको कपाल छोटो हुनुपर्थ्यो भने छात्राको कपाल कम्तीमा छातीसम्म आएको हुनुपर्थ्यो ।
व्यवहारिक रूपमा कयौँ विद्यालयले यी नियमहरू खुकुलो पार्दै लगेका थिए । तर केहीले अझै पनि १९७५ मा जुन्ता सरकारले जारी गरेका निर्देशक पालना गर्दै नियम नमान्ने विद्यार्थीको कपाल काटिदिने गर्दै आएका थिए । तर सो निर्देशिकाले संविधानले सुनिश्चित गरेको व्यक्तिगत स्वतन्त्रताको उल्लङ्घन गरेको र अहिलेको समाजसँग बेमेल भएको अदालतले फैसलामा भनेको छ ।
सन् २०२० मा देशभरका २० विद्यालयका विद्यार्थीहरूले हालेको याचिकाको सुनवाइ गर्ने क्रममा अदालतले यो फैसला गरेको हो । विद्यार्थी अभियन्ताहरूले लामो समयदेखि विद्यार्थीका हेयरस्टाइलसम्बन्धी नियम खुकुलो बनाउनुपर्ने अभियान चलाउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण