कतारमा 'पसिनाको क्यानभास'माथि छलफल
शनिबार, २४ फागुन २०८१, ०८ : २०
काठमाडौँ । नेपाली दूतावास कतारका प्रथम सचिव कवि कृशु क्षेत्रीद्वारा लिखित 'पसिनाको क्यानभास' कविता संग्रह पुस्तकमाथिको छलफल सम्पन्न भएको छ ।
मुस्लिमहरूको पवित्र महिना रमजानको अवसर पारी नेपाली भाषा र साहित्यमा कलम चलाइरहेका कतारका अनेसास, नवोदित लगायत विभिन्न साहित्यिक संस्थामा आबद्द रहेका लेखक, बुद्धिजीवी तथा मूर्धन्य साहित्यकारहरूको संयुक्त बसाइँमा कविता साँझ 'क्यानभासमा कविता' सम्पन्न भएको हो ।
महेफिल 'क्यानभासमा कविता' सृजना बहस र वाचन गर्ने चर्चित साहित्यकारहरू प्रेम भट्टराई, सुरेश भट्ट आश्रिन, लीलानाथ कश्यप, शोभाराम ओली, सीताराम थापा, सोम थापा, नारायण निर्जल, चक्र कार्की, शिव सुवेदी , मणि पौडेल, श्यामराज रानाभाट, दिलीप पराजुली, पूर्णकान्छा गुरुङ र यादव रेग्मी लगायतलाई लेखक क्षेत्रीले कृतज्ञता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण