महिलाको सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान हुनुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिलाको सशक्तिकरण र सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् ।
आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महिलाहरूको सशक्तीकरण र उनीहरूको राजनीतिक क्षेत्रमा पहुँच स्थापना हुनुपर्नेमा जोड दिएका हुन् । उनले समाजमा रहेका सबै विभेद र कुरितिलाई हटाउँदै समुन्नत समाज निर्माण गर्नका लागि पर्नुपर्ने उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन्, ‘कोशी प्रदेश सरकार स्थापना कालदेखि नै महिलाको सशक्तीकरण, उहाँहरूको समृद्धि र विकासका लागि प्रतिबद्ध छ र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता र पहुँच वृद्धि हुनुपर्छ ।’
नेपाली जनताको ७० वर्षको त्याग र बलिदानीबाट बनेको संविधानसभा मार्फतबाट बनेको संविधानले महिला अधिकार स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री कार्कीले स्मरण गरेका छन् । महिलाहरूको त्याग र उनीहरूको समर्पणले आजको अवस्था आइपुगेको चर्चा गर्दै यो दिवसले सबैलाई अगाडि बढ्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण