महिलाको सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान हुनुपर्छ : मुख्यमन्त्री कार्की
_ntqoHtlcgl.jpg)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिलाको सशक्तिकरण र सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् ।
आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महिलाहरूको सशक्तीकरण र उनीहरूको राजनीतिक क्षेत्रमा पहुँच स्थापना हुनुपर्नेमा जोड दिएका हुन् । उनले समाजमा रहेका सबै विभेद र कुरितिलाई हटाउँदै समुन्नत समाज निर्माण गर्नका लागि पर्नुपर्ने उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन्, ‘कोशी प्रदेश सरकार स्थापना कालदेखि नै महिलाको सशक्तीकरण, उहाँहरूको समृद्धि र विकासका लागि प्रतिबद्ध छ र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता र पहुँच वृद्धि हुनुपर्छ ।’
नेपाली जनताको ७० वर्षको त्याग र बलिदानीबाट बनेको संविधानसभा मार्फतबाट बनेको संविधानले महिला अधिकार स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री कार्कीले स्मरण गरेका छन् । महिलाहरूको त्याग र उनीहरूको समर्पणले आजको अवस्था आइपुगेको चर्चा गर्दै यो दिवसले सबैलाई अगाडि बढ्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मेन्द्रले ल्याए एकसाथ चार कृति
-
गाजामा भोकले बेहाल भएकाहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरे
-
रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु
-
'जन्ते बाख्रो साँझ'मा महेश र अस्मिताले नचाए दर्शक
-
अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
-
सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?