एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी
जोहानेसबर्ग । माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न ५.४ अर्ब रेन्ड (लगभग २९७ लाख अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।
माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा यो घोषणा गरे । उक्त कार्यक्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित थिए ।
स्मिथले दक्षिण अफ्रिकाको जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज–स्केल डाटा सेन्टर स्थापना गर्न विगत तीन वर्षमा कम्पनीले २० बिलियन रेन्ड लगानी गरेको बताए ।
कार्यक्रममा बोल्दै रामाफोसाले लगानीको स्वागत गर्दै यसले दक्षिण अफ्रिका र यसको अर्थतन्त्रमा निरन्तर विश्वास झल्काउने उल्लेख गरे । ‘दक्षिण अफ्रिकी अर्थतन्त्रमा अपार सम्भावना छ र व्यापार गर्नको लागि एक अनुकूल ठाउँ हो, जहाँ उनीहरूको लगानी सुरक्षित छ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण