महिलामाथि हुने हिंसा अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा
भीमफेदी । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानले महिलाका हक अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको बताएका छन् । महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश उनले ती अधिकार राज्यका विभिन्न निकायमार्फत कार्यान्वयन भइरहेको बताएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले आज एक शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीलाई सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा महिलाले स्वतन्त्र रूपमा अधिकार उपभोग गरिरहेको उनको भनाइ छ ।
प्रदेश प्रमुख देवकोटाले कानुनी व्यवस्था हुँदाहुँदै पनि समाजमा कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण महिलामाथि हिंसा र अन्याय भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिको अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।
‘देशवासी सम्पूर्ण नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासका लागि समान सहभागिता आवश्यक छ, यस दिवसले महिलाको हकहित र सशक्तीकरणका लागि दीगो तथा प्रभावकारी पहल गर्न प्रेरणा मिलोस्’, उनको सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण