झापा एफसीद्वारा सर्बियन मिडफिल्डर आर्सिच अनुबन्ध
शनिबार, २४ फागुन २०८१, १४ : २४

झापा । झापा एफसीले नेपाल सुपर लिग सिजन ३ का लागि अनुभवी सर्बियन मिडफिल्डर लजार आर्सिच लाई अनुबन्ध गरेको छ ।
सर्बिया, दक्षिण कोरिया, चीन, लेबनान, ग्रीस, र हङ्गेरीका शीर्ष लिगमा खेलेको अनुभव रहेका आर्सिचको आगमनले टिमलाई थप बलियो बनाउने टोलीको भनाई छ। झापाले यसअघि नै उज्बेकी डिफेन्डर अजामत अब्दुलेभ लाई अनुबन्ध गरिसकेको छ।
क्लबका महासचिव सुजन गौतम भन्छन्, ‘लजार आर्सिचको आगमनले हाम्रो आक्रमणलाई नयाँ उचाइ दिनेछ । उनको अनुभव र खेलशैलीले टिमलाई बलियो बनाउनेछ, र झापा एफसीका समर्थकहरूले यस सिजन उत्कृष्ट प्रदर्शनको आशा गर्न सक्छन्।’