अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली सरकारद्वारा ८ महिला उद्यमी पुरस्कृत
सुर्खेत । कर्णाली प्रदेश सरकारले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ८ जना महिला उद्यमीहरूलाई पुरस्कृत गरेको छ । उनीहरूलाई सम्मान पत्र र प्रतिव्यक्ति १ लाखको दरले पुरस्कार दिइएको हो ।
पुरस्कार पाउनेमा घरेलु ऊन तथा अल्लो उद्योग सञ्चालन गरिरहेकी डोल्पाको जगदुल्ला गाउँपालिका–३, की ललिता थापा, सिलाई कटाई उद्योग सञ्चालक हुम्लाको सिमीकोट गाउँपालिका–५, की लछु थापा, फलफूल उत्पादन तथा प्रशोधन उद्योग सञ्चालक जुम्लाको तातोपानी गाउँपालिका–५, की नारायणी चौलागाइँ रहेका छन् ।
यस्तै बाख्रा फर्म चलाइरहेकी सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१०, की गीताकुमारी पुन मगर, पोल्ट्री फार्म सञ्चालक कालिकोटको रास्कोट नगरपालिका–५, की सिता शाही, सिलाई कटाई उद्यमी दैलेखको नारायण नगरपालिका–६, की विन्दुकुमारी उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका–२, की टेलर्स सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, की होजियारी उद्योग सञ्चालक सुजाता पाण्डेय रहेका छन् ।
उत्कृष्ट महिला उद्यमी बापतको रकमबाट उनीहरूलाई पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अधिकृत बिना थापाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३१ करोडको बजेट
-
विश्वकप हेर्ने एप डाउनलोड गर्दै हुनुहुन्छ ? रित्तिएला बैंक खाता !
-
कोशीमा खानेपानी, सिँचाइ तथा ऊर्जामा ६ अर्ब २८ करोड विनियोजन
-
छानबिन समितिले क्लिन चिट दिएसँगै सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका गाडी छुटे
-
बागमतीमा उद्योग पर्यटन र यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड
-
कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण