राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
शनिबार, २४ फागुन २०८१, १८ : ५०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।