पूर्वराजा ज्ञानेन्द्र : पोखरामा एक महिना बसे, फर्किनुअघि भोज
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह करिब १ महिनाको पोखरा बसाइपछि आइतबार काठमाडौँ फर्कँदैछन् । माघ २७ गते पोखरा उत्रिएका उनले पोखरा र आसपासका शक्तिपीठहरुमा समय बिताए ।
शाह १ साताजति रुपाकोट रिसोर्ट बसे भने बाँकी समय माउन्ट ग्लोरी रिसोर्टमा बसेका हुन् । यसबीचमा उनले पोखराको विन्ध्यवासिनी मन्दिर, बागलुङ कालिका, गलेश्वरधाम, पोखराकै केदारेश्वर मन्दिरको दर्शन र पूजाअर्चना गरे ।
यसैगरी कुल मन्दिर आलमदेवीमा पनि उनले पूजा गरे । पोखराकै वीरेन्द्रचोकमा डेढ वर्षअघि निर्माण गरिएको पूर्वराजा विरेन्द्रको सालिक उनले अनावरण गरे ।पोखरा बसाइका क्रममा निकटस्थहरूसँग उनको संवाद भयो ।
यसैबिच शनिवार उनले शुभेच्छुकहरूलाई बिदाइ भोज दिएका छन् । माउन्ट ग्लोरीमै उनले भोज दिएका हुन् ।
भोजमा पोखरा र यस आसपासका धार्मिक संघ संस्थाका प्रतिनिधिहरूका साथै राजावादीहरुको उपस्थिति रहेको एक राजावादीले बताए । उनी ३ बजे पुरानो एयरपोर्टबाट प्लेन चढेर काठमाडौँ फर्किन लागेका पोखरास्थित उनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण