गाजा योजनाबारे के भन्छन् युरोपेली देशका नेता ?
ब्रसेल्स । गाजाको पुनर्निर्माणका लागि अरब देशहरूले बनाएका योजनालाई युरोपेली देशहरूको समर्थन गर्ने बताएका छन् । अरब देशहरूले ५३ अर्ब डलर खर्च गरेर गाजाको पुनर्निर्माण गर्ने योजना बनाएका छन् ।
यस योजनामा प्यालेटिनीहरू गाजा क्षेत्रबाट बाहिरिनु पर्दैन । इजिप्टले बनाएको यस योजनालाई अरब देशका नेताहरूले यसलाई समर्थन गरेका थिए । तर इजरायलले यसको विरोध गरेको छ ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई अस्वीकार गरेका छन् । ट्रम्पले गाजापट्टीबारे आफ्नो छुट्टै योजना पेश गरेका थिए । यसमा भने गाजापट्टीबाट प्यालेष्टिनीहरू विस्थापित हुनु पर्नेछ । आफ्नो योजनामा उनले यस क्षेत्रलाई ‘मध्य पर्व रिभेरा’मा रूपान्तरण गर्ने आफनो दृष्टिकोण शेयर गरेका थिए ।
यसैबीच, शनिबार फान्स, जर्मनी, इटाली र बेलायतका विदेश मन्त्रीहरूले अरब देशहरूको योजनाको स्वागत गरेका थिए । पाँच वर्षमा गाजा पुनर्निर्माण गर्ने यो योजनालाई उनीहरूलाई यथार्थपरक भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण