‘गोल्डेन ब्याट’ सँगै विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको फाइनल खेल आइतबार भारत र न्युजिल्यान्डबिच खेलिँदै छ । फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ ।
जारी च्याम्पियन्स ट्रफीमा हालसम्म भारतका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्, विराट कोहली हुन् । अनुभवी ब्याट्सम्यान विराटले चार खेलमा कुल दुई सय १७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरेका छन् ।
नवौँ संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा उनी चौथो स्थानमा छन् । उनीभन्दा अगाडि इङ्ल्यान्डका बेन डकेट (२२७ रन), न्युजिल्यान्डका रचिन रवीन्द्र (२२६ रन) र इङ्ल्यान्डकै जो रुट (२२५ रन) रहेका छन् ।
इङ्ल्यान्ड यसअघि नै उपाधि होडबाट बाहिरिइसकेकाले ‘गोल्डेन ब्याट’ जित्ने अभियानमा कोहलीको सबैभन्दा निकट्तम प्रतिद्वन्द्वी रचिन रवीन्द्र हुन् । त्यसैले आइतबारको फाइनलमा विराट ‘गोल्डेन ब्याट’ जित्ने अभियानमा रहने छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई ‘गोल्डेन ब्याट’ प्रदान गरिन्छ ।
यसका अतिरिक्त, विराट कोहलीले फाइनलमा थप तीन कीर्तिमान आफ्नो नाममा पार्न सक्ने सम्भावना पनि छ । च्याम्पियन्स ट्रफीमा सर्वाधिक क्याच लिने फिल्डरको सूचीमा विराट दोस्रो स्थानमा उक्लने सम्भावना छ । हालसम्म उनले च्याम्पियन्स ट्रफीमा ११ क्याच लिएका छन् । थप दुई क्याच लिएमा उनी दोस्रो स्थानमा उक्लने छन् । सर्वाधिक क्याच लिने फिल्डर श्रीलंकाका माहेला जयाबद्र्धने हुन् । उनले च्याम्पियन्स ट्रफीमा १५ क्याच लिएका छन् ।
यो सूचीमा दोस्रोदेखि चौथो स्थानमा रहेका न्युजिल्यान्डका रोस टेलर, भारतका सौरभ गांगुली र वेस्ट इन्डिजका ड्वेन ब्राभोले १२–१२ क्याच लिएका छन् । पाँचौ स्थानमा आसिन विराटले भने हालसम्म ११ क्याच लिएका छन् ।
आइतबारको फाइनलमा थप दुई क्याच लिएमा उनी च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा बढी क्याच लिने भारतीय खेलाडी पनि बन्नेछन् । उनले भारतका पूर्वखेलाडी गांगुलीको कीर्तिमानलाई पछि पार्नेछन् । कोहलीले जारी च्याम्पियन्स ट्रफीमा हालसम्म सात क्याच लिइसकेका छन् ।
यसैगरी, आइतबारको फाइनलसँगै कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डविरुद्ध सबैभन्दा बढी रन बनाउने भारतीय ब्याट्सम्यान बन्न सक्छन् । हाल यो कीर्तिमान सचिन तेन्दुल्करको नाममा छ । सचिनले च्याम्पियन्स ट्रफीमा ४२ खेल खेल्दै कुल एक हजार सात सय ५० रन बनाएका छन् ।
यो सूचीमा दोस्रो स्थानमा रहेका विराट कोहलीले न्युजिल्यान्डविरुद्ध ३२ खेल खेल्दै कुल एक हजार ६ सय ५६ रन बनाएका छन् । त्यसैले, फाइनलमा थप ९५ रन बनाएमा कोहलीले सचिनको नाममा रहेको कीर्तिमान आफ्नो नाममा सार्नेछन् ।
यसैगरी, आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । क्रिस गेलले च्याम्पियन्स ट्रफीमा १७ खेल खेल्दै कुल सात सय ९१ रन बनाएका छन् ।
यो सूचीमा दोस्रो स्थानमा आसिन विराटले १७ खेलबाट सात सय ४६ रन बटुलेका छन् । आइतबारको फाइनलमा थप ४६ रन बनाएमा विराट च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लनेछन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
-
‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक