पहिलो दिन तीन खेल, पहिले ब्याटिङ गर्ने कुनै टोली टिक्न सकेनन् पुरै ओभर

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन आइतबार लुम्बिनी प्रदेशका विभिन्न तीनवटा रंगशालामा खेल भइरहेका छन् । पहिलो ब्याटिङ गर्ने कुनै पनि टोलीले पुरै ५० ओभर ब्याटिङ गर्न सकेनन् ।
सिद्धार्थनगर रंगशालामा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले कोशी प्रदेशविरुद्ध ४८ ओभरमा अलआउट हुनुअघि दुई सय आठ रन बनायो । लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६ रन बनाए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ९० बलमा एक छक्का र सात चौका प्रहार गरे । ओपनर मृनाल गुरुङले पनि टोलीको खातामा ४३ रन थपे । उनले ६१ बलमा पाँच चौका प्रहार गरे । नर सार्कीले टोलीको खातामा ४५ रन थपे । तल्लो क्रमका ब्याट्सम्यान नरले केवल ३२ बलमा एक छक्का र ६ चौका प्रहार गरे । यसदेखि वाहेक ओपनर मनिष थापा (१६ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।
कोशी प्रदेशका बलर दीपेश कँडेल र प्रकाश कार्कीले तीन–तीन विकेट लिए । फिरदोष अन्सारीले पनि दुई विकेट हात पारे । यसैगरी, भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी बागमती प्रदेशविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ४४ ओभरमै अलआउट हुनुअघि एक सय ७४ रन बनायो ।
एपीएफ क्लबका लागि सन्दीप जोराले सर्वाधिक ३७ रनको योगदान गरे । अमर रौतेलाले अविजित २६ रन बटुले । दीपक बोहराले पनि २५ रन जोडे । कमल ऐरीले टोलीको खातामा १५ रन थपे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफ क्लबले आफ्ना कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा बढी रन त अतिरिक्त रुपमा पाएको थियो । बागमती प्रदेशका बलरहरुको गल्तिको फाइदा उठाउँदै एपीएफ क्लबले अतिरिक्त रुपमा ५० रन पाएको थियो ।
बागमती प्रदेशका बलर रिजन ढकाल एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा दुई मेडन राख्दै केवल ३० रन खर्चिएका थिए । नन्दन यादवले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा ३८ रन खर्चिए । सूर्य तामाङले पनि दुई विकेट कुम्ल्याए ।
यसैगरी, दाङको लमहीमा जारी सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेश पनि ४०.४ ओभरमा केवल एक सय ५५ रन बनाउँदै अलआउट भयो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुनले ७१ रन बनाए । उनले ९४ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । दिनेश अधिकारीले १७ रन जोडे । कप्तान दिवान पुनले १२ रन बनाएका थिए ।
कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहारो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रमका पाँच ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा २५ रन पाएको थियो ।
सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामी एक्लैले चार विकेट लिए । उनले नो ओभरमा केवल २६ रन खर्चिएका थिए । नारायण जोशीले पनि दुई विकेट हात पारे । उनले ६.४ ओभरमा ३५ रन खर्चिए । शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले पनि एक–एक विकेट कुम्ल्याए । कर्णाली र सुदूरपश्चिमबिचको खेल ४३–४३ ओभरमा झारिएको छ । अन्य दुई खेल भने ५०–५० ओभरमै खेलाइँदैछ ।
प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।
क्यानका अनुसार, प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुँदैछ । प्रतियोगिताको दोस्रो दिन २६ गते सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्षधरता वा झस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल
-
भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट
-
भारतको प्रश्न : ‘आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेना के गरिरहेको थियो ?’
-
सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन
-
लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक
-
नरसिंहा अवतारको ट्रेलर रिलिज, तस्बिरहरू